You are viewing the translated version of संयुक्त आवास भवन निर्माण गरी सञ्चालन गर्नका लागि दिइने निवेदन.

Schedule 1
संयुक्त आवास भवन निर्माण गरी सञ्चालन गर्नका लागि दिइने निवेदन

अनुसूची – १
(नियम ३ सँग सम्बन्धित)
संयुक्त आवास भवन निर्माण गरी सञ्चालन गर्नका लागि दिइने निवेदन

श्री …………………….
…………………………. ।

मैले संयुक्त आवास भवन निर्माण गरी सञ्चालन गर्न चाहेकोले देहायका विवरणहरू खुलाइ स्वीकृतिको लागि यो निवेदन गरेको छु ।

१. संगठित संस्थाको,–
(क) नाम –
(ख) दर्ता नम्बर –
(ग) नवीकरण मिति –

२. जग्गा धनीको,–
(क) नाम –
(ख) नागरिकता प्रमाणपत्र नम्बर –
(ग) ठेगाना –

३. जग्गा रहेको ठाउँ,–
(क) जिल्ला –
(ख) नगरपालिका÷गाउँ विकास समिति –
(ग) वडा नं.-
(घ) टोल –

४. जग्गाको,–
(क) कित्ता नं.-
(ख) क्षेत्रफलः
(ग) चार किल्लाः
(घ) स्वामित्वः निजी-साझेदारीः
(ङ) किसिमः रैकर-गुठी-अन्यः

५. संयुक्त आवास भवनको,–
(क) तलाः
(ख) हरेक तलाको आवास एकाइः
(ग) जम्मा आवास एकाइः

६. संयुक्त आवास भवनको प्रयोजनः निजी-बिक्री वितरण÷भाडा वा अन्य किसिमले प्रयोग गर्न दिनेः
७. निर्माणको किसिमः नयाँ निर्माण-तला थप्ने-पुन निर्माण-अन्यः
८. निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरूः

(क) नेपाल इञ्जिनियरिङ्ग परिषद्मा दर्ता भएको आर्किटेक्ट र सिभिल इञ्जिनियरबाट प्रमाणित भएको संयुक्त आवास भवनको प्रस्तावित नक्सा तथा प्रचलित कानून बमोजिम निर्धारण गरिएको मापदण्डको अधीनमा रही तयार गरिएको स्ट्रक्चरल  डिजाइन,
(ख) जग्गा धनी दर्ता प्रमाणपूर्जाको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि र कित्ता नम्बर स्पष्ट देखिने नापीको प्रमााणित नक्सा,
(ग) निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(घ) संयुक्त आवास भवन निर्माण र सञ्चालनबाट वातावरणमा पर्न जाने असर सम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (प्रतिवेदनमा ढल निकास र फोहर मैला, आवत जावत गर्ने बाटो तथा ट्राफिकमा पर्ने असर, पानी, बिजुली, टेलिफोनको सुविधा, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक
महत्वका सम्पदा र त्यसमा पर्ने असर, जैविक विविधता सम्बन्धी विषयहरू स्पष्ट उल्लेख भएको हुनु पर्नेछ),
(ङ) संयुक्त आवास भवनको डिजाइनको अवधारणा र त्यस्तो भवन संहिताको नाम,
(च) संयुक्त आवास भवन निर्माण गर्ने चरणबद्ध कार्यक्रम सहितको विवरण ।
निवेदकको,–
सही………………….
नाम………………….
ठेगाना………………..
मिति………………….